kumari
stcnepal

विश्वका अरवपतिहरुको नयाँ सूची सार्वजनिक , चौधरीको सम्पति बढ्यो

 

काठमाडौं । फोर्ब्स म्यागजिनले विश्वका धनाढ्यहरूको नयाँ सूची सार्वजनिक गरेको छ । सूचीमा टेस्ला तथा स्पेसएक्सका संस्थापक एलन मस्क शीर्षस्थानमा उक्लिएका छन् ।

यसअघि चार वर्षसम्म जेफ बेजोसले नम्बर एक स्थान कब्जा गरेका थिए । उनलाई दोस्रो स्थानमा धकेल्दै मस्क विश्वका धनी व्यक्ति बनेका हुन् । उनको कुल सम्पत्ति २ खर्ब १९ अर्ब अमेरिकी डलर रहेको छ, जुन बेजोसको भन्दा ४८ अर्ब डलरले बढी हो ।

अघिल्लो वर्ष टेस्लाको अर्बौँ डलरको सेयर बेचेर ठूलो कर भुक्तानीका बाबजुद मस्कले एक वर्षमा आफ्नो सम्पत्ति ६८ अर्ब डलर बढाएका छन् । मस्कले सन् २०१२ मा पहिलो पटक धनाढ्यको सूचीमा इन्ट्री गरेका थिए जति बेला उनको सम्पत्ति २ अर्ब डलर थियो । एक दशकदेखि धनाढ्यको सूचीमा कायम रहेको भए पछि पछिल्लो दुई वर्षमा उनको सम्पत्ति आकाशिएको हो ।

फोर्ब्सले हिजो राती सार्वजनिक गरेको सुची अनुसार नेपालका विनोद चौधरी विश्वका १९२९ नम्बरमा छन् । उनको कुल सम्पत्ति १.५ अर्ब डलर रहेको छ । गत वर्ष उनको कुल सम्पत्ति १.४ अर्ब डलर रहेको थियो ।

यससँगै विनोद चौधरी भारतबाहेक दक्षिण एशियाली मुलुकका पहिलो अर्बपती बनेका छन् । दक्षिण एसियाका अन्य मुलुकहरू श्रीलंका, भुटान, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनै पनि व्यवसायी अर्बपतिको सूचीमा परेका छैनन् ।

यता छिमेकी मुलुक भारत भने सबै भन्दा बढी अर्बपति हुने देशहरूको सुचीमा तेस्रो नम्बरमा छ । भारतमा कुल १ सय ६६ अर्बपती रहेको फोर्ब्सले जनाएको छ । गौतम अदानी र मुकेश अम्बानी विश्व धनाढ्यको सुचीमा टप १० भित्र रहेका छन् ।

footer