kumari
stcnepal

ओमिक्रोन एक्सई भेरिएन्ट भेटिएको पुष्टि भयो भारतमा

काठमाडौं । भारतमा कोरोना भाइरस ९कोभिड–१९० को ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो सङ्क्रमित फेला परेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी लेखेका छन् ।


भारतको वित्तीय राजधानी मुम्बईमा ओमिक्रोन एक्सई फेला परेको बुधबार पुष्टि गरिएको हो ।यो नयाँ भेरिएन्ट ओमिक्रोन भन्दा बढी सर्न सक्ने क्षमता रहेको र सर्बप्रथम यो बेलायतमा पत्ता लागेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो कोभिड–१९ को ओमिक्रोन बीए–टु प्रजाती भन्दा १० प्रतिशत बढी सर्नसक्ने बताइएको छ । अहिले सम्म ओमिक्रोनको बीए–टु प्रजातीलाई कोभिड–१९ को सबैभन्दा सङ्क्रामक मानिएको छ ।

 

 

footer