kumari
stcnepal

स्थानीय तहको निर्वाचनका लागि सुर्खेतमा पनि पाँच सत्ता गठबन्धन बीच तालमेल हुने

सुर्खेत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतमा पनि पाँच सत्ता गठबन्धन बीच तालमेल हुने भएको छ । गठबन्धनका दलहरू बीच शुक्रबार भएको छलफल बाट जिल्लामा चुनावी तालमेल गर्ने सहमति गरिएको हो ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा बीच तालमेल गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज झकबहादुर मल्लले जानकारी दिए । उनका अनुसार जिल्लाका नौ वटै पालिका, वडा सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गर्ने निर्णय गरिएको छ । तर भागबन्डाको टुंगो लाग्न भने बाँकी रहेको छ ।

गठबन्धनलाई व्यवस्थित रूपमा परिचालन गर्न पाँच वटै दल बाट प्रतिनिधित्व हुनेगरी १० जनाको जिल्लास्तरीय संयन्त्र बनाइने भएको छ । उक्त संयन्त्रलाई पालिकास्तरमा विस्तार गरिने इन्चार्ज मल्लले जानकारी दिए । ‘भागवण्डाको टुंगो भने अझै लागेको छैन । आगामी छलफल बाट लगाउँछौं । पालिकाको पदाधिकारी सहित वडाअध्यक्ष र सदस्यको समेत जिल्लास्तरबाटै भागबन्डा गर्ने तयारी भइरहेको छ,’ इन्चार्ज मल्लले भने ।

 

 

 

footer