प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तहको निर्वाचनका लागि सुर्खेतमा पनि पाँच सत्ता गठबन्धन बीच तालमेल हुने

663
shares

सुर्खेत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतमा पनि पाँच सत्ता गठबन्धन बीच तालमेल हुने भएको छ । गठबन्धनका दलहरू बीच शुक्रबार भएको छलफल बाट जिल्लामा चुनावी तालमेल गर्ने सहमति गरिएको हो ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा बीच तालमेल गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज झकबहादुर मल्लले जानकारी दिए । उनका अनुसार जिल्लाका नौ वटै पालिका, वडा सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गर्ने निर्णय गरिएको छ । तर भागबन्डाको टुंगो लाग्न भने बाँकी रहेको छ ।

गठबन्धनलाई व्यवस्थित रूपमा परिचालन गर्न पाँच वटै दल बाट प्रतिनिधित्व हुनेगरी १० जनाको जिल्लास्तरीय संयन्त्र बनाइने भएको छ । उक्त संयन्त्रलाई पालिकास्तरमा विस्तार गरिने इन्चार्ज मल्लले जानकारी दिए । ‘भागवण्डाको टुंगो भने अझै लागेको छैन । आगामी छलफल बाट लगाउँछौं । पालिकाको पदाधिकारी सहित वडाअध्यक्ष र सदस्यको समेत जिल्लास्तरबाटै भागबन्डा गर्ने तयारी भइरहेको छ,’ इन्चार्ज मल्लले भने ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports