kumari
stcnepal

हेटौंडामा आकांक्षी धेरै भएपछि एमालेले उम्मेदवार छनोटको प्रक्रिया पछि सार्‍यो

हेटौंडा । हेटौंडा उपमहानगरमा प्रमुख र उपप्रमुखका आकांक्षी धेरै भएपछि नेकपा एमालेले शुक्रबार तय गरेको उम्मेदवार छनोटको प्रक्रिया पछि सारेको छ । मकवानपुरका हेटौंडा उपमहानगरपालिकाबाहेकका एक नगरपालिका र आठ वटा गाउँपालिकामा एमालेले उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेको छ ।

तर हेटौंडामा भने उम्मेदवार छनोट प्रक्रिया आइतबार सम्मका लागि स्थगित गरिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए । उनका अनुसार उपमहानगरपालिकाको उम्मेदवार छनोट प्रति धेरैको चासो भएकाले सहमतिका लागि आइतबारसम्म प्रक्रिया स्थगित गरिएको हो ।

उपमहानगरपालिकाको मेयर र उपमेयरका लागि एमालेमा नौ जना आकांक्षी देखिएका छन् । संविधान सभा सदस्य अनन्त पौडेल, पार्टीका जिल्ला इन्चार्ज तथा पूर्व जिल्ला विकास सभापति रामेश्वर राना, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र वर्तमान मेयर हरिबहादुर महतको दाबी छ । उपमेयरमा सीता विष्ट, सुमित्रा काफ्ले, रमिला सापकोटा, आरती पाठक र प्रतिमा श्रेष्ठले दाबी गर्दै आएका छन् ।

एमालेको चितवन महाधिवेशन पछि मकवानपुरको पार्टी राजनीतिमा संविधान सभा सदस्य पौडेल र जिल्ला समन्वय समिति प्रमुख खुलाल अघि देखिएका छन् । पूर्वमुख्यमन्त्री डोरमणी पौडेल केन्द्रीय नेताको पहुँचमा रहेर आफू निकटका खुलाललाई मेयर बनाउने योजनामा रहेको एमालेका जिल्ला नेताहरु बताउँछन् । तर यही बेला जिल्ला इन्चार्ज रानाले पनि आकांक्षा राखेपछि हेटौंको मेयरको उम्मेदवार छनोट कठिन बनेको छ ।

पार्टी तहमा खासै चर्चामा नरहेपनि अनुभव र सामाजिक भूमिकाका कारण वर्तमान मेयर महतलाई पुनः उम्मेदवारको रुपमा हेरिएको छ । उनले आफ्नो अधुरा कामलाई पूरा गर्नका लागि पुन मेयरमा दावी गर्ने बताएका छन् ।

 

 

 

 

footer