२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हेटौंडामा आकांक्षी धेरै भएपछि एमालेले उम्मेदवार छनोटको प्रक्रिया पछि सार्‍यो

806
shares

हेटौंडा । हेटौंडा उपमहानगरमा प्रमुख र उपप्रमुखका आकांक्षी धेरै भएपछि नेकपा एमालेले शुक्रबार तय गरेको उम्मेदवार छनोटको प्रक्रिया पछि सारेको छ । मकवानपुरका हेटौंडा उपमहानगरपालिकाबाहेकका एक नगरपालिका र आठ वटा गाउँपालिकामा एमालेले उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेको छ ।

तर हेटौंडामा भने उम्मेदवार छनोट प्रक्रिया आइतबार सम्मका लागि स्थगित गरिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए । उनका अनुसार उपमहानगरपालिकाको उम्मेदवार छनोट प्रति धेरैको चासो भएकाले सहमतिका लागि आइतबारसम्म प्रक्रिया स्थगित गरिएको हो ।

उपमहानगरपालिकाको मेयर र उपमेयरका लागि एमालेमा नौ जना आकांक्षी देखिएका छन् । संविधान सभा सदस्य अनन्त पौडेल, पार्टीका जिल्ला इन्चार्ज तथा पूर्व जिल्ला विकास सभापति रामेश्वर राना, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल र वर्तमान मेयर हरिबहादुर महतको दाबी छ । उपमेयरमा सीता विष्ट, सुमित्रा काफ्ले, रमिला सापकोटा, आरती पाठक र प्रतिमा श्रेष्ठले दाबी गर्दै आएका छन् ।

एमालेको चितवन महाधिवेशन पछि मकवानपुरको पार्टी राजनीतिमा संविधान सभा सदस्य पौडेल र जिल्ला समन्वय समिति प्रमुख खुलाल अघि देखिएका छन् । पूर्वमुख्यमन्त्री डोरमणी पौडेल केन्द्रीय नेताको पहुँचमा रहेर आफू निकटका खुलाललाई मेयर बनाउने योजनामा रहेको एमालेका जिल्ला नेताहरु बताउँछन् । तर यही बेला जिल्ला इन्चार्ज रानाले पनि आकांक्षा राखेपछि हेटौंको मेयरको उम्मेदवार छनोट कठिन बनेको छ ।

पार्टी तहमा खासै चर्चामा नरहेपनि अनुभव र सामाजिक भूमिकाका कारण वर्तमान मेयर महतलाई पुनः उम्मेदवारको रुपमा हेरिएको छ । उनले आफ्नो अधुरा कामलाई पूरा गर्नका लागि पुन मेयरमा दावी गर्ने बताएका छन् ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports