kumari
stcnepal

राप्रपा बाट दमक नगरपालिकाको मेयरमा थापाको उम्मेदवारी पक्का

काठमाडाैं । राप्रपाले आगामी स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा राम थापालाई उमेदवार बनाउने घोषणा गरेको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो भने त्यहाँ थापाको राम्रो प्रभाव रहेको छ । शनिबार पार्टीको दमकमा आयोजित आमसभामा थापाको उम्मेदवारी घोषणा भएको हो ।


राप्रपाको प्रदेश नम्बर-१ को अध्यक्ष समेत रहेका उनी दमकका लोकप्रिय सामाजिक राजनीतिकर्मीको रुपमा परिचित छन् । झापामा राप्रपाको संगठन प्रभावकारी रहेको मानिन्छ छ । आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै मेयर पदमा उम्मेदवारी घोषणा गरेका थापालाई विजयको शुभकामना समेत दिए ।

 

 

footer