kumari
stcnepal

बैशाखदेखि लागु हुने गरी उपत्यकामा बढ्यो गाडी भाडा

काठमाडौँ । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले शुक्रबार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भाडा बढाउने निर्णय गरेको हो ।

बढाइएको भाडा बैशाख १ देखि लागू हुने मन्त्रालयले जनाएको छ । नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रूपैयाँ भएको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तोकिएको छ ।

यस्तै, ट्याक्सीको भाडा पनि बढाइएको छ । प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । यस्तै‚ प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैयाँ तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

footer