२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैशाखदेखि लागु हुने गरी उपत्यकामा बढ्यो गाडी भाडा

767
shares

काठमाडौँ । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले शुक्रबार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भाडा बढाउने निर्णय गरेको हो ।

बढाइएको भाडा बैशाख १ देखि लागू हुने मन्त्रालयले जनाएको छ । नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रूपैयाँ भएको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तोकिएको छ ।

यस्तै, ट्याक्सीको भाडा पनि बढाइएको छ । प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । यस्तै‚ प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैयाँ तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports