kumari
stcnepal

सशस्त्र प्रहरी बलमा को बन्ला २१ दिने आईजीपी

काठमाडौं । सरकारले आज वा भोलीसम्ममा सशस्त्र प्रहरी बलमा आईजीपी नियुक्तिको गर्ने भएको छ । अहिले सम्म कस्लाई बनाउने भन्ने तय नभएपनि भोलीदेखि सशस्त्रको मुख्य पद आईजीपी रिक्त हुँदैछ ।

हालका आइजीपी शैलेन्द्र खनाल भोलि (सोमबार)बाट अनिवार्य अवकाशमा जादैछन् । ३० वर्षे सेवा अवधिका कारण उनी अवकाशमा जान लागेका हुन् । उनीपछि एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकजनालाई सरकारले २१ दिनका लागि आईजी बनाउनुपर्ने हुन्छ ।

गृह मन्त्रालय स्रोतका अनुसार सोमबारभमा उनीहरुमध्ये एकजनालाई सरकारले आईजीपीमा नियुक्ति गर्नु पर्ने छ । तर, उनीहरूले वैशाख १९ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन् । केसी र पौडेलमध्ये जो आईजीपी बने पनि २१ दिन मात्रै सशस्त्र प्रहरीको कमान्ड सम्हाल्ने अवसर पाउनेछन् ।

२१ दिनपछि फेरि सशस्त्र प्रहरीमा नयाँ आईजीपी नियुक्ती हुनेछ । वैशाख १९ पछि बन्ने सशस्त्र प्रहरीको आईजीपीका लागि डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ । उनीहरू तीनैजना आईजीपीका बलिया प्रतिस्पर्धी हुन् । सशस्त्र प्रहरीमा हाल दुई एआईजी छन् ।

footer