विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सशस्त्र प्रहरी बलमा को बन्ला २१ दिने आईजीपी

1.03K
shares

काठमाडौं । सरकारले आज वा भोलीसम्ममा सशस्त्र प्रहरी बलमा आईजीपी नियुक्तिको गर्ने भएको छ । अहिले सम्म कस्लाई बनाउने भन्ने तय नभएपनि भोलीदेखि सशस्त्रको मुख्य पद आईजीपी रिक्त हुँदैछ ।

हालका आइजीपी शैलेन्द्र खनाल भोलि (सोमबार)बाट अनिवार्य अवकाशमा जादैछन् । ३० वर्षे सेवा अवधिका कारण उनी अवकाशमा जान लागेका हुन् । उनीपछि एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकजनालाई सरकारले २१ दिनका लागि आईजी बनाउनुपर्ने हुन्छ ।

गृह मन्त्रालय स्रोतका अनुसार सोमबारभमा उनीहरुमध्ये एकजनालाई सरकारले आईजीपीमा नियुक्ति गर्नु पर्ने छ । तर, उनीहरूले वैशाख १९ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन् । केसी र पौडेलमध्ये जो आईजीपी बने पनि २१ दिन मात्रै सशस्त्र प्रहरीको कमान्ड सम्हाल्ने अवसर पाउनेछन् ।

२१ दिनपछि फेरि सशस्त्र प्रहरीमा नयाँ आईजीपी नियुक्ती हुनेछ । वैशाख १९ पछि बन्ने सशस्त्र प्रहरीको आईजीपीका लागि डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ । उनीहरू तीनैजना आईजीपीका बलिया प्रतिस्पर्धी हुन् । सशस्त्र प्रहरीमा हाल दुई एआईजी छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports