kumari
stcnepal

चितवनका पूर्व क्षेत्रीय सभापति मानबहादुर लामा र माओवादी केन्द्रका नेता खेम भट्ट एमाले प्रवेश

चितवन । नेपाली कांग्रेस चितवनका पूर्व क्षेत्रीय सभापति मानबहादुर लामा र माओवादी केन्द्रका नेता खेम भट्ट एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय भरतपुरमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

लामा भरतपुर–११ को लामाटोल निवासी हुन् । त्यस्तै माओवादी केन्द्र चितवनका नेता खेम भट्टलाई पनि उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी प्रवेश गराएका हुन् । उनी माओवादी केन्द्र चितवनका जिल्ला सदस्य, बागमती प्रदेश प्रतिनिधि र भरतपुर महानगरपालिका वडा नम्वर ३ का इन्चार्ज थिए ।

भरतपुरको पटिहानीका भट्ट २०३५ साल देखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका छन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र बाट तर्फ बाट उनी भरतपुर १४ बाट वडाध्यक्ष उम्मेदवार रहेका थिए ।

 

 

 

footer