२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नवनियुक्त मुख्यसचिव अर्याललाई प्रधानमन्त्री ओलीले बधाई सहित दिए सेवा सुधारका सुझाव

689
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्य सचिवमा नियुक्त भएका एकनारायण अर्याललाई बधाई दिएका छन्।

आफ्नो सामाजिक सञ्जालमार्फत् बधाई दिँदै उनले नागरिकलाई सेवा प्रभाह गर्न, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त बनाउन मुख्यसचिव अर्याललाई सुझाव दिएका हुन्। प्रधानमन्त्री ओलीले हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउन, तत्काल गुनासो सुन्न र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाई गर्न मिल्नेगरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउन पनि सुझाव दिएका छन्।

उनले लेखेका छन्, ‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो।’ सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नु पर्छ ? विकास निर्माणका आयोजनाहरु किन ढिलाइ भइरहेका छन् ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न सहयोग पुग्ने पनि प्रधानमन्त्री ओलीले सुझाएका छन्।

उनले लेखेका छन्, ‘हामीसँग सबै क्षेत्रका गरी करिब चार लाख (निजामती , शिक्षक ,सुरक्षा) राष्ट्र सेवक कर्मचारी छन्। कार्यसम्पादनमा उहाँहरूको सफलताले नागरिकमा सन्तुष्टि आउँछ, कामहरू अघि बढ्छन् र देश सफल हुन्छ। यस कामका लागि सफलता मिलोस् भन्ने कामना गर्दछु। सबै कर्मचारी जागिरे मात्र होइनन्, नागरिकका सेवक हुन्। राष्ट्रसेवाका लागि सफलता मिलोस्, शुभकामना!!’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports