kumari
stcnepal

प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रको विघटन सुरु भएको छ : प्रदिप ज्ञवाली

चितवन । नेकपा एमालेमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रको विघटन सुरु भएको बताएका छन् । हजारौं योद्धाको रगत र पसिनालाई प्रचण्डले सत्तामा जाने भर्‍याङका रुपमा प्रयोग गरेको भन्दै उनले माओवादी पार्टी सतिदेवीका अंग पतन भएको जस्तै पतन हुने दिशामा अगाडि बढेको बताए ।

भरतपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले आफूलाई कम्युनिष्ट भएको बताउने प्रचण्ड र माधव नेपालहरु कांग्रेसलाई ठूलो र बलियो पार्टी बनाउँछु भनेर हिँडेको बताए ।

‘२०१७ साल केशरजंग रायमाझीले आफैंले ल्याएका होइनन्, त्यति बेलाको विविध कारणले राजाले कू गरे, र कम्युनिष्ट आन्दोलनको बदनाम गराउन रायमाझी लागे’ ज्ञवालीले भने, ‘अहिले प्रचण्ड र माधव नेपालहरु केशरजंग रायमाझी भन्दा अगाडि बढेर कम्युनिष्ट आन्दोलनलाई सिध्याउन र कम्युनिष्टलाई कांग्रेसको सहयोगी बनाउन लागिपरेका छन् ।’

 

 

 

footer