kumari
stcnepal

अर्थमन्त्रीले भने बिदाको दिनमा सरकारी गाडी नचलाउने रे

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारी प्रयोजनमा हुने पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको बताएका छन् ।

अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको संकट टार्न सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव गरेको बताए । महँगा सवारीको आयात रोक्न पनि प्रस्ताव गरिएको अर्थमन्त्री शर्माले बताए । सर्वसधारणलाई पनि यस्ता इन्धनको प्रयोग घटाउन प्रोत्साहित गर्ने उनले बताए ।

‘हामीले गरेको प्रस्ताव मुख्यसचिव ज्युको समितिले अध्ययन गरिरहेको छ,’ उनले भने,’विप्रेषण आय बढाउने गरी वैदेशिक रोजगारीमा रहेकाहरुले लगानी गर्ने सञ्चित कोष बनाउने, आईपीओ र एफपीओमा कोटा दिने, रेमिट्यान्स कम्पनीलाई वालेट प्रयोग गर्न दिने जस्ता प्रस्ताव गरेका छौं ।’ उनले भारतीय बजारमा पेट्रोलियम पदार्थको तस्करी रोक्ने र वैदेशिक लगानी ल्याउन हेजिङ लगायतका दीर्घकालीन निर्णय गर्ने पनि उनले बताए । उनले आयात नियन्त्रणका लागि पनि कदमहरु चालिएको र आवश्यक्ता अनुसार थप चालिने बताए ।

 

 

footer