kumari
stcnepal

सञ्चार माध्यममा निर्वाचन आचारसंहिताको अनुगमन प्रेस काउन्सिलले गर्ने

काठमाडौं । प्रेस काउन्सिलले सञ्चार माध्यमहरुमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएको बारे अनुगमन गर्ने भएको छ ।

आचारसंहिताको पूर्ण पालना भए नभएको बारे अनुगमन गर्न प्रेस काउन्सिल र निर्वाचन आयोग बीच आइतबार सम्झौता भएको हो ।

सम्झौता अनुसार काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

 

footer