kumari
stcnepal

बेलायतका प्रधानमन्त्री लगायतलाई रूसले लगायो प्रतिबन्ध

रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । बेलायती अधिकारीहरूले रुस विरुद्ध विभिन्न गलत गतिविधि गरेकाले प्रतिबन्ध लगाउनु परेको रुसी अधिकारीहरूले जनाएका छन् ।

रुसले युक्रेन माथि आक्रमण गरेको विषयमा बेलायतले रुसको चर्को विरोध गर्दै आएको छ । त्यसैगरी रुस विरुद्ध लड्का लागि बेलायतले युक्रेनलाई सहयोग पनि गर्दै आइरहेको छ ।युक्रेन माथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै विभिन्न देशहरूले रुसी कुटनीतिज्ञहरूलाई आफ्नो देश बाट निकाला गरेका छन् ।

धेरै देशहरूले क्रमशः रुसी अधिकारीहरूलाई देश निकाला गरिरहेका बेला रुसले बेलायतका उच्च अधिकारीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको घोषणा गरेको हो । रुसले बेलायतका विदेशमन्त्री, रक्षा मन्त्री सहित उच्च अधिकारीहरूलाई रुस प्रवेशमा रोक लगाइएको जनाएको छ ।

 

 

footer