kumari
stcnepal

सरकारको ढाल बन्दै साल्ट ट्रेडिङ

२०२० साल भाद्र २७ गते ३ पी अर्थात पब्लिक प्राइभेट पार्टनरसिप अन्र्तगत गठन भएको साल्ट टेडिङ्ग कर्पोरेशनले आफ्नो ५७ वर्ष पुरा गरी ५८ औँ वर्षमा लागेको छ । प्रत्येक वर्ष साल्टले आफ्नो वार्षिकोत्सव विशेष कार्यक्रम गरी मनाउँदै आएको भएपनि यसपालि भने कोरोना भाइरसका कारण सरकारले भेला, जुलुस लगायतका कतिपय कार्यक्रहरुमा प्रतिबन्ध लगाएका हुनाले कुनै औपचारिक कार्यक्रम गर्न गरेन । साल्ट टेडिङ्ग कर्पोरेशनले आफ्नो वार्षिकोत्सवमा कुनै कार्यक्रम गर्न नपाएपनि साल्ट टे«डिङ्ग कर्पोरेशनका काम कारबाही प्रत्येक नेपाली जनताको घर घरमा पुगेको छ । चाहे २०७२ सालमा भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीको बेला होस् चाहे अहिले कोरोना भाइरसले मुलुक आक्रान्त भइरहेको बेला होस् । जनताले साल्टलाई नै सम्झिरहेका छन् । जब जब मुलुक र सरकार अप्ठ्यारो अवस्थामा पर्दछ त्यसबेला साल्ट सरकारको ढाल बनेर जनतासामू आउने गरेको छ ।

पछिल्लो समयमा मुलुकमा युरिया मलको हाहाकार भएको छ । कृषि सामाग्री कम्पनीले मल ल्याउने ठेक्का दिएका व्यक्तिहरुले मल नल्याएपछि कृषक मल विनै धान रोप्न बाध्य भएका थिए भने अहिले धान गोड्ने बेलामा समेत कृषकहरुले आफूले चाहेजति युरिया मल लगायत अन्य मल पाउन सकेका छैनन् । मल आयात गर्ने ठेकेदारहरुले कोरोना भाइरस, लकडाउन अनि निषेधाज्ञालाई देखाएर मल ल्याउन सकेनन् तर साल्टले यी सबैलाई वेवास्ता गर्दै सरकारले मल ल्याउन दिएको कोटाको सबै मल नेपाल ल्याएर कृषकहरुलाई विक्रि वितरण गरिरहेका हुनाले कृषकहरुले साल्टको जय भन्ने गरेका छन् । सरकारले कृषि सामाग्री कम्पनीलाई र साल्टलाई मल ल्याउने अनुमति दिने गरेको छ तर कृषि सामाग्री कम्पनीलाई ७० प्रतिशत र साल्टलाई ३० प्रतिशत मात्र मल ल्याउने दिने गरेकाले अब साल्टको उत्कृष्ट कामको उच्च मूल्यांकन गर्दै सरकारले कृषि सामाग्री कम्पनीलाई ४० र साल्टलाई ६० प्रतिशत मल आयात गर्ने अनुमति दिएको खण्डमा मलको हाहाकार नै हुँदैन । साल्टले कोरोना भाइरस लकडाउन र निषेधाज्ञामा समेत मल आयात गरी कृषकलाई विक्रि वितरण गरिरहेको छ भने कृषि सामाग्री कम्पनीले ल्याउने भनेको मल कहिले आउने अत्तोपत्तो नै नभएकाले अब कम्पनीले गर्ने काम साल्टलाई दिनु सरकारकै हितमा हुनेछ ।

जब जब मल र चीनीको हाहाकार हुन थाल्छ अनि मात्र सरकारले साल्टलाई सम्झिने गर्दछ । साल्टले आफ्नो स्थापना देखि नै नेपाली जनतालाई ठुलो गुण लगाउँदै आएको छ । साल्टले जनतालाई दैनिक आवश्यक पर्ने नुन, चामल, तेल, दाल, गेडागुडी, ग्यास लगायतका कागज अन्य धेरै चिजको सुपथ मूल्यमा विक्रि वितरण गर्दै आएको छ । साल्ट टेडिङ्ग कर्पोरेशन नुनको एक्लो विक्रि वितरण गर्ने संस्था हो । साल्टले मुलुकभरमै आफूलाई घाटा सहेरै नुनको विक्रि वितरण गर्दै आएको छ । अहिले साल्टले आयो नुन भानु नुन लगायत अन्य नुनको विक्रि वितरण गर्दै आएको छ । मुलुकका अति दुर्गम र दुर्गम जिल्लाहरुमा समेत सुपथ मूल्यमा साल्टले नुनको विक्रि वितरण गरेर जनतालाई लुलो लंगडो हुनबाट बचाएको छ । साल्टले नुनको व्यापारमा प्रतिवर्ष करोडौँ घाटा सहिरहेको छ । भारतबाट नुन ल्याएर विक्रि वितरण गर्न साल्टलाई त्यति सहज अवस्था देखिएको छैन । प्रत्येक वर्ष मूल्यृद्धि भइरहेको भएपनि साल्टले एक किलो नुनको मूल्य २० रुपैँया कायम गरेको छ । सवारी भाडामा व्यापक बृद्धि भएपनि साल्टले आजभन्दा ५÷६ वर्ष अघिकै मूल्यमा नुनको विक्रि वितरण गरेर सरकारको ढालको रुपमा उभिन पुगेको छ । भारतले २०७२ सालमा लगाएको नाकाबन्दीका बेलामा समेत साल्टले नुन ग्यास, चीनीको कमी हुन दिएन । निजी क्षेत्रका व्यापारीहरुले चीनीको मूल्य बढाउन लाग्दा समेत साल्टले बजारमा हस्तक्षेप गरेर चीनीको मूल्यमा स्थिरता कायम गर्न सरकारलाई सघाउँदै आएको छ । अहिले पनि निजी क्षेत्रका व्यापारीहरुले चीनीको मूल्यमा बृद्धि गरेका छन् । उनीहरुले ८५÷९० रुपैँयामा चीनी विक्रि वितरण गर्ने गरेका भएपनि साल्टले रु. ७३ रुपैँयामा प्रति किलो चीनी विक्रि वितरण गरि मूल्यबृद्धिलाई स्थिर राखेको छ ।

आउँदो महिनादेखि सुरु हुने नेपाली जनताका महान चाडपर्व दशैं, तिहार, छठ लगायतका पर्व लगायतका पर्वहरुलाई मध्यनजर गरेर सरकारले चीनी ल्याउन साल्टलाई अनुमति दिएको कोटा अनुसारको चीनी आउँदो १०÷१५ दिनभित्रमा नेपाल भित्र्याउने भएको छ । सरकारले साल्टलाई २० हजार टन चीनी ल्याउने अनुमति दिएको छ । साल्टले कुनै विपत्ति आएको अवस्थामा समेत चीनीको हाहाकार हुन दिएको छैन । सरकारलाई साल्टले गत माघ फागुनमै ५० हजार टन चीनी खरिदका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिएपनि सरकारले ढिलो श्रावण १३ गते मात्र साल्टलाई २० हजार टन मात्र चीनी ल्याउन अनुमति दिएको थियो भने खाद्य व्यापार कम्पनीलाई १० हजार टन चीनी ल्याउन अनुमति दिएको छ । गत सालपनि सरकराले खाद्य व्यापार कम्पनीलाई चीनी ल्याउन अनुमति दिएकोमा उसले चीनी ल्याउन सकेको थिएन । अहिले फेरी त्यही कम्पनीलाई १० हजार टन चीनी आयातको लागि अनुमति दिएको भएपनि चीनी आउन सक्ने सम्भावना न्यून रहेको छ भने उसँगै अनुमति पाएको साल्टको चीनी १०÷१५ दिनभित्रमा आउने भएको छ ।

साल्टलाई अहिले आर्थिक संकट पर्दै गएको छ । साल्टले विक्रि वितरण गर्ने नुनमा प्रतिकिलो घटीमा रु. ५ घाटा परिरहेको छ । सात वर्ष पहिला निर्धारण गरेको मूल्यमा साल्टले नुन विक्रि वितरण गर्दै आएको छ । पेट्रोलिमय पदार्थ र ढुवानीमा ४० देखि ६० प्रतिशत मूल्य बृद्धि भएपनि साल्टले घाटा सहेरै सरकार र जनतालाई सेवा गरिरहेका हुनाले अब सरकारले नुनको मूल्य निर्धारण गरि साल्टलाई बचाउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । साल्टले प्रतिवर्ष दुई लाख ५ हजार टनको नुनको कारोबार गर्दै आएको छ । यस हिसाबले प्रतिकिलो ५ रुपैँयाका दरले साल्टले अबौं रुपँैया घाटा बेहोरिरहेकाले साल्टलाई अब सरकारले कि नुनको मूल्यमा बृद्धि गरी साल्टलाई जोगाउनुपर्दछ कि त सरकारले अनुदान दिनुपर्नै अवस्था देखिन्छ । जेहोस् सरकार र जनतालाई अप्ठ्यारो पर्दा साल्टले लगाएको गुणलाई नेपाली जनताले कहिल्यै विर्सन सक्दैनन् भन्ने हामीले ठानेका छौँ ।

footer