kumari
stcnepal

सिरिज जोगाउन आज नेपाललाई जित्नै पर्ने दवाव

काठमाडौं ।पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जिम्बाब्वे ‘ए’विरुद्ध दोस्रो ट्वान्टी–२० क्रिकेट खेल्दैछ । तीन खेलको ट्वान्टी–२० शृङ्खला जोगाउन पनि आज नेपाललाई जित्नै पर्ने दबाब छ । पाहुना टोली जिम्बाब्वेले आजको खेल जिते २–० को अग्रता लिँदै शृङ्खला जित्नेछ ।

आजको खेल पनि र्कीतिपुर स्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुनेछ । नेपाललाई आज हारको बदला लिने मौका छ । आइतबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइ्एको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनाएको थियो । १८२ रनको लक्ष्य जिम्बाब्वेले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । ट्वान्टी–२० शृङ्खलापछि नेपालले तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ ।

 

 

footer