kumari
stcnepal

एन्फाकाे कार्यसमिति बैठक आज बस्दै, नेपाली फुटबलमा देखिएकाे विवादकाे विषयमा छलफल हुने

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) काे कार्यसमिति बैठक आज बस्दैछ । पछिल्लाे समय नेपाली फुटबलमा देखिएकाे विवादकाे विषयमा एन्फा बैठक बस्न लागेकाे हाे ।

एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठक दिउँसाे २ बजे बस्नेछ । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेकाे छ । राष्ट्रिय फुटबल टिमकाे विषयमा छलफल गर्न बैठक बस्ने तुलाधरले जनाए । एएफसी एसियन कप छनोटकाे तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हटाएपछि सुरु भएकाे विवाद दुई साता पुग्न लाग्दा पनि अझै समाधान हुन सकेकाे छैन ।

त्यसपछि खेलाडीहरुले यस विषयमा निष्पक्ष छानविन गर्न माग राख्द‌ै आएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष सहित पदाधिकारीले पनि कार्यसमिति बैठक राख्न एन्फालाई पत्र पठाइसकेकाे छ । यस्तै प्रशिक्षक अल्मुताइरीले पनि एन्फालाई पत्र लेख्दै आफ्नाे धारणा व्यक्त गरिसकेका छन् । फुटबल टिम विवाद बारे यसअघि एन्फाले एक सदस्यीय छानविन कमिटी गठन गरेकाे समाचार आफ्नै वेबसाइटमा सार्वजनिक गरे पनि पछि हटाएकाे थियाे ।

 

 

footer