प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एन्फाकाे कार्यसमिति बैठक आज बस्दै, नेपाली फुटबलमा देखिएकाे विवादकाे विषयमा छलफल हुने

533
shares

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) काे कार्यसमिति बैठक आज बस्दैछ । पछिल्लाे समय नेपाली फुटबलमा देखिएकाे विवादकाे विषयमा एन्फा बैठक बस्न लागेकाे हाे ।

एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठक दिउँसाे २ बजे बस्नेछ । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेकाे छ । राष्ट्रिय फुटबल टिमकाे विषयमा छलफल गर्न बैठक बस्ने तुलाधरले जनाए । एएफसी एसियन कप छनोटकाे तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हटाएपछि सुरु भएकाे विवाद दुई साता पुग्न लाग्दा पनि अझै समाधान हुन सकेकाे छैन ।

त्यसपछि खेलाडीहरुले यस विषयमा निष्पक्ष छानविन गर्न माग राख्द‌ै आएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष सहित पदाधिकारीले पनि कार्यसमिति बैठक राख्न एन्फालाई पत्र पठाइसकेकाे छ । यस्तै प्रशिक्षक अल्मुताइरीले पनि एन्फालाई पत्र लेख्दै आफ्नाे धारणा व्यक्त गरिसकेका छन् । फुटबल टिम विवाद बारे यसअघि एन्फाले एक सदस्यीय छानविन कमिटी गठन गरेकाे समाचार आफ्नै वेबसाइटमा सार्वजनिक गरे पनि पछि हटाएकाे थियाे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports