kumari
stcnepal

नेपालले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं ।युगान्डा महिला क्रिकेट टिम र नेपाली महिला क्रिकेट टिम बिचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको चौथो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ । रातभरको वर्षाका कारण मैदानमा पानी जमेपछि खेल पौने घण्टा ढिला गरी पाैने २ बजे देखि सुरु हुँदैछ । खेल १८ ओभरको हुनेछ ।

किर्तिपुर स्थित त्रिवी मैदानमा हुने पाँच खेलको महिला टी २० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गतको चौथो खेल प्रतियोगितामा नेपालका तर्फ बाट आजको टिममा परिवर्तन गरिएको छ । नेपालका तर्फ बाट हिरनान्माये रोयले डेब्यु गरेकी छन्। यस सँगै नेपाली महिला क्रिकेटमा डेब्यु गर्ने उनी २४औं खेलाडी हुन्। सबनम राई, संगीता राई र रोमा थापाको स्थानमा अप्सरी बेगम, अस्मिना कर्मचार्य र हिरनान्माये रोयले आज खेल्दैछन् । अघिल्ला तीन खेलमा पराजित रहेको नेपालले युगाण्डा सँगको शृंखला गुमाइसकेको छ ।

नेपालको सुरुवाती ११–
रुविना क्षेत्री (कप्तान), ज्योति पाण्डे , सीता रानामगर इन्दु बर्मा, अप्सरी बेगम, अस्मिना कर्मचार्य, सरिता मगर , कविता जोशी, विन्दु रावल, हिरनान्माये रोय र डली भट्ट

 

footer