विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालले टस जितेर ब्याटिङ गर्दै

741
shares

काठमाडौं ।युगान्डा महिला क्रिकेट टिम र नेपाली महिला क्रिकेट टिम बिचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको चौथो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ । रातभरको वर्षाका कारण मैदानमा पानी जमेपछि खेल पौने घण्टा ढिला गरी पाैने २ बजे देखि सुरु हुँदैछ । खेल १८ ओभरको हुनेछ ।

किर्तिपुर स्थित त्रिवी मैदानमा हुने पाँच खेलको महिला टी २० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गतको चौथो खेल प्रतियोगितामा नेपालका तर्फ बाट आजको टिममा परिवर्तन गरिएको छ । नेपालका तर्फ बाट हिरनान्माये रोयले डेब्यु गरेकी छन्। यस सँगै नेपाली महिला क्रिकेटमा डेब्यु गर्ने उनी २४औं खेलाडी हुन्। सबनम राई, संगीता राई र रोमा थापाको स्थानमा अप्सरी बेगम, अस्मिना कर्मचार्य र हिरनान्माये रोयले आज खेल्दैछन् । अघिल्ला तीन खेलमा पराजित रहेको नेपालले युगाण्डा सँगको शृंखला गुमाइसकेको छ ।

नेपालको सुरुवाती ११–
रुविना क्षेत्री (कप्तान), ज्योति पाण्डे , सीता रानामगर इन्दु बर्मा, अप्सरी बेगम, अस्मिना कर्मचार्य, सरिता मगर , कविता जोशी, विन्दु रावल, हिरनान्माये रोय र डली भट्ट

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports