सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैकल्पिक शक्तिहरुलाई निर्वाचनको चिठ्ठा

403
shares

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि त्यसको असरल प्रदेश सरकारहरुमा समेत देखिएको छ । नेपालका ७ प्रदेश मध्येका ६ वटा प्रदेशमा बहुमतको नेकपाको सरकार बनाएको छ भने ती सबै प्रदेशहरुमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस नै रहेको हुनाले प्रधानमन्त्री केपी ओली पक्ष र पुष्पकमल दाहाल, माधव नेपाल दुवै पक्षले अब कांग्रेसको सहयोग विना ६ वटै प्रदेशमा सरकार निर्माण गर्न सक्ने अवस्था देखिएको छैन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको विघटनलाई असम्वैधानिक भनि प्रतिनिधिसभाको पुर्नस्थापनाको माग नगरेको हुनाले प्रदेश सरकारहरुमा कांग्रेस सहभागि हुन्छ वा सरकारमा सहभागि नभएर बाहिरैबाटै समर्थन दिन्छ भन्न सकिने अवस्था अहिले प्रष्ट भएको छैन । नेपाली कांग्रेस प्रदेश सरकारहरुमा सहभागि हुँदा ओली पक्ष वा दाहाल–नेपाल पक्ष कसलाई समर्थन गर्दछ भन्ने समेत अहिले प्रष्ट भएको छैन ।

दाहाल–नेपाल पक्षले बागमति प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ भने अन्य प्रदेशहरु गण्डकी र लुम्बिनी प्रदेशमा समेत त्यहाँका मुख्यमन्त्रीहरु पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेलका विरुद्ध पनि अविश्वासको प्रस्ताव पेश गर्ने रणनीति तयार गरिरहेको छ । सुदुरपश्चिम प्रदेशमा र कर्णाली प्रदेशमा दाहाल–नेपाल पक्षकै मुख्यमन्त्री रहेका भएपनि ती प्रदेशहरुमा समेत सरकार डगमगाउन थालेका छन् ।

सुदुरपश्चिम प्रदेशमा समेत ओली पक्षले सरकार छाडेमा वा सरकारलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार गिर्ने छ । त्यहाँ पनि कांग्रेसको समर्थनमा मात्र सरकार निर्माण हुन सक्ने भएपनि कांग्रेसले अहिलेसम्म कुनै निर्णय गरेको छैन । संघीय संसदको प्रमुख प्रतिपक्षी दल रहेको नेपाली कांग्रेसको लागि निर्वाचन नै अपरिहार्य आवश्यकता हो । कम्युनिष्ट विभाजित भएको अवस्थामा कांग्रेसले सबै प्रजातान्त्रिक शक्तिहरुलाई साथमा लिएर अघि बढेको खण्डमा कांग्रेस नै आउँदो प्रतिनिधिसभाको निर्वाचनमा सबै भन्दा ठुलो पार्टी बन्न सक्ने आंकलन गरिएको छ । तर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको हिमचिम यतिबेला पुष्पकमल दाहाल र माधव नेपाल पक्षमा बढेको हुनाले उनी प्रतिनिधिसभाको पुर्नस्थापना हुनुपर्दछ भने पक्षमा रहेका हुनाले कांग्रेसले समेत हातमा आएको मौकालाई चुकाउन सक्ने अवस्था देखिएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसको लागि यो सूवर्ण अवसर पनि हो तर त्यो अवसरलाई कांग्रेसले सदुपयोग गर्न चाहिरहेको छ जस्तो देखिएको छ । विगतमा दुई ठुला कम्युनिष्ट पार्टीहरु एक भएर निर्वाचनमा गएका हुनाले कांग्रेसले नराम्रो हार व्यहोर्न बाध्य भएको थियो अहिले कम्युनिष्ट पार्टी विभाजित भएकोले गर्दा त्यसको प्रत्यक्ष फाइदा कांग्रेसलाई नै हुने भएपनि ऊ निर्वाचनमा जान खुट्टा कमाईरहेको छ । आखिरी किन ? कांग्रेस र समाजवादी पार्टीहरुले आफूहरुलाई बैकल्पिक शक्तिका रुपमा स्थापित गर्न कसरत गरिरहेकोले राजनीतिक दलहरुका लागि अहिले निर्वाचनको घोषणा हुनु राजनीतिक चिठ्ठा पर्नु नै हो । त्यही कारण राप्रपाले चुनावको स्वागत गरेको छ तर आफूलाई लोकतान्त्रिक दल भन्ने कांग्रेस भने निर्वाचनमा जान डराईरहेका छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports