काठमाण्डु मोडेल अस्पताल र प्रभु बैक बीचमा विशेष छुट सम्बन्धी सम्झौत
वि.सं.२०८१ जेठ ३ बिहीवार १३:३७
shares

काठमाडौं । प्रदशनीमार्गस्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बीच काठमाण्डू मोडेल अस्पतालका प्रबन्धकीय निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमुख मार्केटिङ्ग अफिसर रवीन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवालगायतका सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभुका कर्मचारी तथा ग्राहकले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने जनाइएको छ । सामुदायिक क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक मोडेल अस्पतालले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्योपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकका लागि मोडेल अस्पतालमा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवासमेतको व्यवस्था रहेको छ ।
साथै काठमाण्डू मोडेल अस्पतालले दन्त चिकित्सालय सुविधा पनि उपलब्ध गराउँदै आइरहेको छ । त्यसैगरी ग्राहकको रोजाइको अग्रणी बैंकका रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पत करिब ३१ लाखभन्दा बढी ग्राहकहरु सेवा दिइरहेको छ । समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक, सबिन राणा, दीना चित्रकार तथा काठमाण्डू मोडेल अस्पतालका वित्तीय तथा प्रशासकिय नियन्त्रक चैन कुमार बज्रार्चायको समेत उपस्थिति रहेको थियो ।
































