kumari
stcnepal

नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा

काठमाडौं ।बिहीबार कारोबारमा आएका १३ उपसमूह मध्ये १२ वटा राताम्य हुँदा म्युचलफण्ड उपसमूह मात्रै ०.१५ प्रतिशतले बढ्यो । बिहीबार नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा आइपुगेको छ । कारोबारमा आएका २२७ कम्पनी मध्ये १४९ कम्पनीको सेयर मूल्य घट्दा कुल कारोबार रकम १ अर्ब १६ करोड मात्रै रह्यो ।

घटेको बजारमा ३९ कम्पनीको सेयर मूल्य बढ्यो भने ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएन । बलेफी हाइड्रोको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्यो भने माउण्टेन इनर्जी, उपकार लघुवित्त लगायतका कम्पनीको लगानीकर्ताले बजार बाट ४ प्रतिशत हाराहारी कमाई गरे । यस्तै प्रभु लाइफ इन्स्योरेन्स,उन्नती सहकार्य लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका कम्पनीले बिहीबार दोस्रो बजारबाट धेरै गुमाए ।

 

 

footer