kumari
stcnepal

नेदरल्याण्डको बेल्जियम माथि ४-१ को शानदार जीत

काठमाडौं। नेदरल्याण्डले बेल्जियम माथि ४-१ को जीत निकाल्दै यूईएफए नेसन्स लिगमा शानदार सुरुवात गरेको छ । नेदरल्याण्डको जीतमा मेम्फिस डिपाय नायक रहे । उनले दुई गोल गरे ।

पहिलो हाफको अन्त्यमा स्टिभन बर्गविनले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै डिपायले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६१ औँ मिनेटमा डेन्जेल डम्ब्राइजले तेस्रो गोल गरे ।
लगत्तै डेपायले अर्को गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । इन्जुरी समयमा मिचु बात्सुयेयीले बेल्जियमका लागि सान्त्वना गोल गरे । खेलमा बेल्जियमले रोमेलु लुकाकुलाई घाइते हुँदै गुमाएको थियो । यो समूहमा पोल्याण्ड र वेल्स रहेको छ ।एजेन्सी

 

 

footer