kumari
stcnepal

पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

काठमाडौं ।क्रिष्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ‘ए २’ को खेलमा विजयी सुरुवात गरेको छ । आइतबार राति लिस्बोन स्थित घरेलु मैदानमा पोर्चुगलले स्विजरल्यान्ड माथि ४-० को सहज जित निकाल्यो ।

पोर्चुगलको जितमा  फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरे । जित सँगै समूहमा पोर्चुगल दुई खेल बाट ४ अंकसहित शीर्ष स्थानमा छ ।

समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ । यता स्पेन समान खेल बाट दुई अंक सहित तेस्रो तथा स्वीटजरल्यान्ड अंकतालिकाको पुछारमा छ ।

 

 

footer