kumari
stcnepal

क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिका सँग प्रतिस्पर्धा गर्दै

काठमाडौं ।अमेरिकामा भइरहेको नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिका सँग प्रतिस्पर्धा गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

शृंखलामा दुवैले एक एक खेल खेलिसकेका छन् तर फरक नतिजा निकालेका थिए । नेपाल पहिलो खेलमा ओमान सँग १३ रनले पराजित भएको थियो । अमेरिकाले भने पहिलो खेलमा ओमानमाथि फराकिलो जित निकालेको थियो ।

अमेरिका पहिलो खेलको लयलाई कायम राख्ने लक्ष्यमा रहँदा नेपालमा भने जितको खोजीमा हुनेछ । अमेरिकाले पहिलो खेलमा ओमान विरुद्ध तीन सय भन्दा बढी रन बनाएर ११४ रनको जित निकालेको थियो । नेपालले भने ब्याटिङमा सम्हालिन नसक्दा ओमानले दिएको २१२ रनको लक्ष्य समेत पूरा गर्न सकेन ।

 

 

footer