नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिका सँग प्रतिस्पर्धा गर्दै

676
shares

काठमाडौं ।अमेरिकामा भइरहेको नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिका सँग प्रतिस्पर्धा गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

शृंखलामा दुवैले एक एक खेल खेलिसकेका छन् तर फरक नतिजा निकालेका थिए । नेपाल पहिलो खेलमा ओमान सँग १३ रनले पराजित भएको थियो । अमेरिकाले भने पहिलो खेलमा ओमानमाथि फराकिलो जित निकालेको थियो ।

अमेरिका पहिलो खेलको लयलाई कायम राख्ने लक्ष्यमा रहँदा नेपालमा भने जितको खोजीमा हुनेछ । अमेरिकाले पहिलो खेलमा ओमान विरुद्ध तीन सय भन्दा बढी रन बनाएर ११४ रनको जित निकालेको थियो । नेपालले भने ब्याटिङमा सम्हालिन नसक्दा ओमानले दिएको २१२ रनको लक्ष्य समेत पूरा गर्न सकेन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports