kumari
stcnepal

प्रतिस्थापन विधेयकपछि आएको मौद्रिक नीतिमा भएको त्रुटिले सेयर बजारलाई असर गर्यो : अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकपछि आएको मौद्रिक नीतिमा भएको त्रुटिले सेयर बजारलाई असर गरेको बताएका छन् । आर्थिक विधेयक बारे प्रतिनिधिसभाको बैठकमा उठेका विषयको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

सेयर बजारका समस्या समाधान गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सरोकारवाला निकाय रहने गरी समिति बनाइएको बताउँदै उनले पछिल्लो समय प्रतिस्थापन विधेयक आएपछि आएको मौद्रिक नीतिका कारण बजार प्रभावित भएको स्पष्ट संकेत गरे । ‘प्रतिस्थापन विधेयक पछि मौद्रिक नीतिमा त्रुटि भएकै हो’ शर्माले भने ।

नेपाल राष्ट्र बैंकका नीतिहरुले सरकारको नीतिलाई समर्थन नगरेको आरोप लाग्दै आएको छ । विवाद बढ्दै जाँदा केही समय अगाडि सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको थियो । उनी अदालतको आदेशपछि काममा फर्किसकेका छन् ।

 

footer