kumari
stcnepal

लोक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धा बाट उपसचिवमा बढुवाका लागि ३५ जनाको नाम सिफारिस

काठमाडौं ।लोक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धा बाट उपसचिवमा बढुवाका लागि ३५ जनाको नाम सिफारिस गरेको छ । प्रशासन तर्फका १७ जना, राजश्व तर्फ ३, लेखा परीक्षण तर्फ ८, संसद सेवा तर्फ १, लेखा समूहमा ६ जनालाई आयोगले सिफारिस गरेको हो ।

प्रशासन तर्फ लिखित परीक्षा बाट उत्तीर्ण भएका २२ जना मध्ये अन्तर्वार्ताको लागि १७ जना मात्रै छनौट भएका थिए । जसमा ३ जना वैकल्पिकमा छनौट भएका छन् । यस्तै राजश्व समूह तर्फ २२ जनाका लागि २३ जना बढुवामा सिफारिस भएका हुन्, जसमा एक जना वैकल्पिकको लागि छनौट भएका छन् । लेखा परीक्षण तर्फ ६ जना सिफारिस हुँदा २ जना वैकल्पिक सिफारिस भएका छन ।

लेखा परीक्षणमा १७ जना अन्र्तवार्ताको लागि छनौट भएका थिए । यस्तै संसद सेवा तर्फ एक जना मात्रै सिफारिस भएका छन् । लिएको लिखित परीक्षा आएको नतीजाको प्राप्ताङको आधारमा अन्तर्वार्तामा छनौट भएको आयोगले जनाएको छ । आयोगले बढुवामा सिफारिस भएकाहरुलाई सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको लोक सेवा आयोगले जनाएको छ ।

 

 

footer