kumari
stcnepal

झापाका बिभिन्न स्थानमा भारी वर्षा, जनजिवन प्रभावित

काठमाडौं ।झापाको भद्रपुर, विर्तामोड लगायतका स्थानमा भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा भद्रपुर, विर्तामोड, शनिश्चरे र आसपासका स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले बिहान ५ बजे अलर्ट जारी गर्दै जनाएको छ ।

सो स्थानमा थप वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।जसकारण मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुन सक्ने विभागको भनाइ छ ।

विभागले सूचना जारी गर्दै सो स्थान आसपास र नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

 

 

footer