kumari
stcnepal

कस्तो रहला आज मुलुकभरको मौसम ?

काठमाडौं ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही तल अवस्थित रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आइतबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

footer