कस्तो रहला आज मुलुकभरको मौसम ?
वि.सं.२०७९ साउन ७ शनिवार ०७:५०
shares

काठमाडौं ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही तल अवस्थित रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रहेको छ।
देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आइतबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


































