गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महाभारत युद्धको अन्तिम दिन असार २८ गते

546
shares

राजन कार्की

राजनीतिलाई घिसारेर अदालतमा पु¥याउने प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जसपाको उपेन्द्र यादवलगायतको एक चोइटो र सत्तारुढ एमालेको माधव नेपाललगायतको चोइटोको मुद्दामा असार २८ गते फैसला हुने भएको छ । फैसला संसद पुनस्र्थापना र देउवालाई प्रधानमन्त्री नियुक्ती गर्ने आदेश आउँछ भनेर प्रचण्डले पहिले नै बताइसकेका छन् । यसरी मुद्दा गर्ने पक्षले प्रेडिक्शन कसरी गरे ? यो फैसला प्रभावित पार्ने साजिस होइन भनेर कसरी मान्ने ? राजकाजमा धर्म के, अधर्म के ? न्याय के, अन्याय के ? यत्ति प्रश्नको निरुपण गर्न नसक्दा १८ दिन महाभारत युद्ध भयो । यो युद्धमा न कुरु राज्य बच्यो, न राज गर्ने कुरु वंश ?
नेपालको राजनीतिमा हरेक दलभित्र मंगलसेनको अधर्म उच्चाटनमा छ । हरेक दलभित्र गुट छ, सैनिक दस्ता छन् । सत्ताको स्वाद छ, राष्ट्रको अस्तित्व मटियामेट हुँदै गएको छ । एउटा दक्षिणपन्थी, अर्को उत्तरपन्थी, तेस्रो अतिवादपन्थी । देशले खोजेको विधि, जनताले खोजेको समतामूलक समाज, कागजमा सिमित हुनपुग्यो । व्यवहारमा दुर्योधन छन्, दुशासन छन् र आस्थाको चिरहरण गरिरहेका छन् ।
आचरण र मर्यादाको लक्ष्मणरेखाभित्र कोही छैनन् । सबका सब छाडा साँढेजस्ता लाग्छन् । चित्कार राष्ट्रभरि सुनिन्छ, चमत्कार असफल नेतृत्वको चम्किलो मुहारमा मात्र देखिन्छ ।

महाभारत त बिर्से बिर्से यिनले, ड्राकुल्ला कसरी समाप्त भयो, त्यसको हेक्का पनि यिनलाई छैन । यही अधर्मी राजनीतिले गणतन्त्र जंगबहादुरले बेलायतमा हेरेको फूटबल म्याच बन्नपुग्यो । त्यतिबेला एउटा गोल हान्ने क्रममा खेलाडीले हानेको बल बाहिर गयो, दर्शक दिर्घामा बसेका जंगबहादुरले गोल गोल भनेर चिच्याइदिए । अंग्रेजहरु हेरेको हे¥यै भए । राणाका सहयोगीले कानमा गएर फुसफुसाए– महाराज यो गोल होइन, आउट हानेको हो । त्यसपछि जंगबहादुरले जवाफ दिएका थिए– जंगले बोलेपछि बोल्यो, बोल्यो । गोल भनेपछि गोलै हो । नेपालको गणतन्त्र जंगे अवतारका नेतृत्वकर्ताले हाँकेको कारण गणतन्त्र गलगाँडतन्त्र बन्नपुग्यो ।
यस्तो कालरात्रिलाई पार्टीका धामीहरु शुभरात्रि भन्छन् ।
सत्ता पाउन र कमाउन जसको थाङ्नो पनि बन्न तैयार देखिन्छन् । माटोमा उभिएको एकजना पनि नेता पाउन मुस्किल छ । प्रत्येक पार्टीभित्रका नेताहरु विदेशीका लागि वेश्या बन्न सक्छन्, वेश्याको जति पनि इमानमा बस्न र बाँच्न जान्दैनन् ।
यसकारण उत्सुकता उठेको छ– ज्यानमाराहरूबीचको भलाकुसारी कस्तो हुन्छ ? नेपाली राजनीतिमा ‘जानी दुश्मन’बीच कहिले भलाकुसारी, मिलोमतो, कहिले महाभारतको भन्दा चर्को द्वन्द्वयुद्ध चलिरहेको छ ।
हितोपदेश अनुसार ‘एकम् लज्जाम् परित्यजम्, सर्वत्र विजयी भवेत् ।’ एउटा लाज त्यागिदियो भने सवै सुख भोग्न पाइन्छ । हाम्रा नेता यही कोटीका हुन् ।
भ्यागुताको काल सर्प, सर्पको काल बिच्छी, विच्छीको काल भ्यागुतो । यो प्राकृतिक सन्तुलन हो । प्रकृतिलाई पनि असफल पार्नेगरी नेपाली कांग्रेस, एमाले र माओवादी कहिले कोसँग, कहिले कोसँग मिलेर सत्ताभोग गरिरहेका छन् । यिनको सत्ताभोग शैली ‘एकम् लज्जाम् परित्यजम्, सर्वत्र विजयी भवेत्’ भन्दा भिन्न छैन । ज्यानमाराहरू सुखभोग, सुखभोजमा रमाएका देखिनु निर्लज्जताको पराकाष्ठा हो । जो प्राकृतिक सिद्धान्तलाई असफल पार्न सक्छन्, ती सभ्य हुनसक्दैनन् । तिनका लागि नैतिकताको कुनै मूल्य छैन ।
वीपी कोइरालाले खडा गरेको समाजवादको सिद्धान्त के हो ? हुस्सु कांग्रेस अन्यौलमा छ । सिद्धान्त कता हो कता ? प्रजातन्त्रको सुगारटान अर्थात हिङ् नभए पनि हिङ् बाँधेको टालो बाहेक बढी केही बाँकी छैन भारतको भवानीपुरमा गठन भएको नेपाली कांग्रेसभित्र । कठै कांग्रेस ।
मदन भण्डारी, मनमोहन अधिकारीको आदर्श के हो ? जबज के हो ? सबै नीति, घोषणापत्रलाई पन्छाएर सत्ताको लोभ कुण्डमा चुर्लुम्मै डुबेको छ एमाले । अहं र सत्तालोभको सीमाहीन दौड भन्दा बढी केही बाँकी छैन एमालेभित्र ।

माओवाद के हो ? प्रचण्डवाद भनेर जुँगा मुसार्नेहरू, सर्वहारावाद नै हाम्रो प्रमुख मार्ग हो भन्ने माओवादीले दिल्लीको बासमती चामलको बासीभात डकारेर र नेपालको जंगलमा लडाका जम्मा पारेर जनयुद्ध सञ्चालन गरेकै हो । १७ हजार मारिएपछि यी पालेका सिपाहीलाई दिल्लीले जनआन्दोलनमा खटायो, जनआन्दोलनमा होमिएर परिवर्तन ल्याए । यिनीहरू हामीले परिवर्तन ल्यायौं भनेर आज पनि गर्जिरहेका छन् तर दिल्लीका दूतहरू श्यामशरण, केभी राजन, रंजित रे, एसडी मुनीदेखि पूर्वराष्ट्रपति प्रणव मुखर्जीसम्मले लेखेरै, बोलेरै भनिदिए– माओवाद हामीले खडा गरेका हौं, दिल्लीको १२ बुँदे सम्झौता हामीले गराइदिएका हौ, नेपालमा परिवर्तन हामीले ल्याइदिएका हौं । अर्थात्, माओवादीहरूसँग प्रचण्डपथ होइन पापमात्र बाँकी छ ।

प्रचण्डले नै ५ हजार मारेको जिम्मेवारी टुँडिखेलबाटै लिए पनि शक्ति आर्जन, सत्ताप्राप्तिमा धृतराष्ट्र बन्न तैयार छ । पाप र कुकर्मबाहेक हेर्नु र प्रशंसा गर्नुपर्ने, लेख्नु र देख्नुपर्ने केही बाँकी छैन माओवादीभित्र ।राष्ट्रियता भनेको जनता हो । राजनीति गर्ने जनताका लागि हो । जनताका लागि गरिने राजनीति हो भने कांग्रेस, एमाले र माओवादीसँग जनता किन छैनन् ? के नेताका नातेदार, नेतालाई नमस्कार मात्र गर्ने कार्यकर्ताहरू देखाएर पार्टीहरूले जनता हामीसँग छन् भन्न मिल्छ ?पार्टीका साथमा जनता हुनलाई जनतामा आस्था र विश्वास कहाँ छ ?
पार्टी राष्ट्र हाँक्ने संस्था बन्नका लागि विधानमा चल्नुपर्छ, घोषणापत्रमा देखिनुपर्छ, नीति र नैतिकता प्रधानता हुनुपर्छ । किन पार्टी पसलजस्ता लाग्छन् ? नेता व्यापारीजस्ता ? राजनीति पाइलैपिच्छे मुनाफाको व्यवसाय हो ?
आज कांग्रेस वा कम्युनिष्ट, समाजवाद वा सर्वहारावाद, जनवाद हो पुँजीवाद, किन कुनै वादभन्दा माथि छन् नेताहरू ? प्रत्येक नेता रातारात करोडपति बनिरहेका छन् । सत्तामा पुग्यो कि अर्वपति बन्छन् । तिनका रहनसहन आमनागरिकका मालिकजस्ता छन् । जनताको सेवक भएर जनताको हक र अधिकारको शोषण गरेर नेताहरूले बादशाह बन्न र बादशाही चलाउनुलाई किन नैतिक मानिदैछ । हुने र हुँदा खानेबीच विभाजन बढ्दै गएको छ । प्रत्येक नेपालीको टाउकोमा ५० हजारभन्दा बढी विदेशी ऋणभार थपिएको छ तर हरेक वर्ष स्वीस वैंकमा नेपालीको धन थुप्रिदै गएका छन् ।

ती थुपार्ने को को हुन् ? कालोधन विदेशमा थुप्रिनु भनेको स्वदेशमा कूशासनमात्र छ भन्ने प्रमाण हो । नागरिकले सिटामोल खान नपाउनु, कोरोनाको खोप नपाउनु, अक्सिजन नपाउनु, अस्पतालको बेड नपाउनु र नागरिकका नेता हुँ भन्नेहरूका लागि स्वदेशको ढुकुटी, सुखसयल र विदेशको सयरसमेत पाइरहनु भनेको जनतामाथि अत्याचार छ भन्ने प्रमाण हो ।
अर्थात् कांग्रेस र कम्युनिष्टहरू राष्ट्रिय अपराधका स्रोत र अपराधका संरक्षक हुन् भन्ने उदाहरण हो ।
जुनसुकै नेता वा पार्टी सत्ता बाहिर छँदा मार्गचित्र देखाउँछन् । मीठो बोली र राम्रो सपनाको भ्रम छर्छन् । सोझा जनता छलिन्छन् । तिनै पार्टी वा नेता सत्तामा गएपछि आफ्ना वचनवद्धता भुलेर व्यवसायी बन्छन्, कमिशन खान्छन् । कानुनले तिनलाई छुँदैन । कारण राजनीतिकरणको लामो हात पसेको छ । कानुनले कामै गर्न सक्दैन । कानुन हात्तीको देखाउन दाँत हो । संविधान हात्ती र हात्तीछाप चप्पल जस्तै हो ।
कांग्रेसको समाजवाद मार्ग अवरुद्ध छ । एमालेको वामपन्थ अवरुद्ध छ । माओवादीको जनयुद्ध दिल्ली छलाङ्मा समाप्त भइसक्यो । नेपालको राजनीति भनेको नेता र पार्टीहरूका लागि जता काफल पाक्छ, उतै चरी नाच्छमात्र हो । यिनका लागि राजनीति सधैं असार १५ हो । सत्तामा गयो दही चिउरा खायो, सडकमा पछारिंदा विरोध ग¥यो, मासु चिउरा खायो । यी दुबै अवस्थामा रगतको आँसु पिउनु पर्ने जनताले हो । भूकम्प आयो, जनतालाई बिल्लिबाठ बनायो । आएको र भएको राहतमा नेता र तिनका आफन्त मोटाए । कोरोना आयो, जनतालाई मा¥यो । आएको र भएको राहतमा नेता र तिनका आउरेबाउरे मोटाए ।

हरेक वर्ष आउने बाढीपहिरोले थित्ने, बगाउने, रुवाउने जनतालाई नै हो । नेता र कार्यकर्ता र तिनका पछि लाग्ने प्रशासकका लागि जति विपत आउँछ, उति कमाइ हुन्छ, रमाइलो हुन्छ ।सत्ता बन्दुकको नालबाट निस्कन्छ भन्ने माओवादीको दृढ विश्वास २०६५ सालपछि दुईपल्ट प्रचण्डका रुपमा, एक एक पल्ट डा.बाबुराम र खिलराज रेग्मीका रुपमा तुहिएको देखिएकै हो । यतिबेला माओवादीको बोली बुलेट र कर्म ब्यालेट त हो तर यी दुबै औजार भुत्ते हुनथालेका छन् । माओवादीको भीम प्रयास चितुवा शाकाहारी हुँदैन भनेर भय छरेर सत्ता फलाउनु हो । २०६३ देखि २०७३ सालसम्म माओवादी किङ्पिन बने पनि २०७४ देखि ओह्रालो यात्रामा छ । माओवाद अब उकालो उक्लने सम्भाबना क्षीण बन्दै गएको विश्लेषण गर्छन्, अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरू । उनीहरू भन्छन्– नेपालमा बिद्रोह हुन्छ, त्यो बिद्रोहमा माओवादी टाक्सिन्छ मात्र । हुकुम हैकम हुने दिन सकियो ।
छन त राप्रपा, जसपा, राष्ट्रिय जनमोर्चा, नेमकिपाजस्ता पार्टीहरू पनि छन् । यिनको गन्ती शक्तिका रुपमा हुनछाडेको छ । यी पार्टी अस्तित्वमा त छन्, धक्का दिनसक्ने वैकल्पिक शक्तिमा रुपान्तरण हुन मुस्किल छ । नेपालमा चल्ने कांग्रेस र कम्युनिष्ट प्रतिस्पर्धा नै हो । कांग्रेसले सिद्धान्तमा अड्न नसक्दा भुइँपार्टी बन्नुपरेको छ । सत्तापार्टी कम्युनिष्टमा यति धेरै चिरा र चर परिसकेको छ कि कम्युनिष्ट शासन पुँजीवादको पोखरीमा भैंसी आहालबसेजस्तो अवस्था देखिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports