kumari
stcnepal

राजधानीमा नै समातिए हुण्डी कारोबारी, ७४ लाख रूपैयाँ पनि बरामद

काठमाडौं ।हुण्डी कारोबारमा संलग्न तीन जना राजधानी बाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भारतीय नागरिक र दुई नेपाली रहेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले सोमबार साँझ राजधानीको ठहिँटी बाट तीन जना हुण्डी कारोबारी सहित नगद ७४ लाख बरामद भएको बताए । पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका रामहरि दुलाल र रौतहटका सुदिप आचार्य रहेका छन् ।

कोइरालाले पक्राउ परेकाको साथ बाट २६ लाख ९६ हजार रुपैयाँ बराबरको चेक समेत बरामद भएको जानकारी दिए । पछिल्लो समय राजधानीमा हुण्डी कारोबारी सक्रिय हुन थालेका छन् । प्रहरीले उनीहरु माथि निगरानी बढाएको जनाएको छ ।

footer