kumari
stcnepal

बाटोमा मागेर खानेहरुको सरकारले कहिले मान्छे गन्ने

काठमाडौँ ।
आर्थिक कमजोर भएको अभिभावकको छोराछोरी खोजेर विद्यालयले विभिन्न छुृटको व्यवस्था गरेर पढाउनुपर्छ भन्ने मनस्थिति सरकारी स्कुल पढाउने शिक्षक शिक्षिकामा छैन् । हुन त त्यही गरिब जनताले तिरेको करबाट सरकारी स्कुलका शिक्षक शिक्षिकाले तलबभत्ता खाएको हुन्छन् ।
तर राजनितिक पार्टीको झोला बोकेर हिड्न व्यस्त सरकारी स्कुलका मास्टरहरुले गरिब जनताको छोराछोरीको भविष्यको कँहा ख्याल राख्छन् र । गाँउगाँउमा कत्ति अभिभावकले आर्थिक कमजोर भएको कारण आफ्नो छोराछोरीलाई पढाउने इच्छा हुदाँहुदैँ पनि स्कुल भर्ना गर्न सकेको छैनन् ।
कत्ति वालवालिका पढ्ने उमेरमा फोहोर खेलेर हिडिरहेको छन् । सरकारी स्कुल भनेको छ भर्ना फिस असुलेको छ । डे«सनलगाई विधालय प्रवेशमा रोक लगाएका छ । जसको घरमा दुई छाक खान धौं धौं छ उसले कहाँबाट भर्ना फिस र डे«स किन्ने पैसा ल्याओस् ।
पढ्ने इच्छा हुँदाहुदैं सरकारी स्कुलको मास्टरहरुको व्यवहारको कारण वालवालिकाले पढ्न छाड्दिन्छन् । त्यही गरिबको बच्चाहरुको भविष्य अन्धकार पारिदिएर आफ्नो छोराछोरी निजी स्कुलमा पढाउछन् । तर ती मास्टरहरुले खाएको तलब त हामी गरिब जनताले तिरेको कर होइन् र ?
आफ्नो छोराछोरीको भविष्यको चिन्ता हुने अनि आवाज भएको आवाजविहिन जनताको छोराछोरीको भविष्य अध्यारो बनाइदिने । घरको आर्थिक स्थिति कमजोर, पढ्न पाइएन । आफ्नो अनेकौँ पिडालाई पोको पार्दै ती वालवालिका काठमाडौ आउछन् । बस, माइक्रोबसमा खलासीको काम गर्छन् ।
बिना तलब दुई छाक खानाको भरमा ती नाबालक वालवालिकाहरु खलासीको काम गर्छन् । खलासीको काम गर्दागर्दै उनीहरुले पढाइलेखाइ बिर्सिन्छन् । बिचरा नालकलाई शोषण गरेर गाडी धनी आफु धनी बन्छन् । गाडी सफा गर्नेदेखि, गाडीमा पैसा उठाउने, दिनभरि धुलो खाने काम त्यस नाबालकले गर्छ । खै सरकरले ति सडकमा वसेका बालबलिकालाई हेरेको विचरर उनीहरुलाई कति गाह्रो छ ।

footer