२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाटोमा मागेर खानेहरुको सरकारले कहिले मान्छे गन्ने

845
shares

काठमाडौँ ।
आर्थिक कमजोर भएको अभिभावकको छोराछोरी खोजेर विद्यालयले विभिन्न छुृटको व्यवस्था गरेर पढाउनुपर्छ भन्ने मनस्थिति सरकारी स्कुल पढाउने शिक्षक शिक्षिकामा छैन् । हुन त त्यही गरिब जनताले तिरेको करबाट सरकारी स्कुलका शिक्षक शिक्षिकाले तलबभत्ता खाएको हुन्छन् ।
तर राजनितिक पार्टीको झोला बोकेर हिड्न व्यस्त सरकारी स्कुलका मास्टरहरुले गरिब जनताको छोराछोरीको भविष्यको कँहा ख्याल राख्छन् र । गाँउगाँउमा कत्ति अभिभावकले आर्थिक कमजोर भएको कारण आफ्नो छोराछोरीलाई पढाउने इच्छा हुदाँहुदैँ पनि स्कुल भर्ना गर्न सकेको छैनन् ।
कत्ति वालवालिका पढ्ने उमेरमा फोहोर खेलेर हिडिरहेको छन् । सरकारी स्कुल भनेको छ भर्ना फिस असुलेको छ । डे«सनलगाई विधालय प्रवेशमा रोक लगाएका छ । जसको घरमा दुई छाक खान धौं धौं छ उसले कहाँबाट भर्ना फिस र डे«स किन्ने पैसा ल्याओस् ।
पढ्ने इच्छा हुँदाहुदैं सरकारी स्कुलको मास्टरहरुको व्यवहारको कारण वालवालिकाले पढ्न छाड्दिन्छन् । त्यही गरिबको बच्चाहरुको भविष्य अन्धकार पारिदिएर आफ्नो छोराछोरी निजी स्कुलमा पढाउछन् । तर ती मास्टरहरुले खाएको तलब त हामी गरिब जनताले तिरेको कर होइन् र ?
आफ्नो छोराछोरीको भविष्यको चिन्ता हुने अनि आवाज भएको आवाजविहिन जनताको छोराछोरीको भविष्य अध्यारो बनाइदिने । घरको आर्थिक स्थिति कमजोर, पढ्न पाइएन । आफ्नो अनेकौँ पिडालाई पोको पार्दै ती वालवालिका काठमाडौ आउछन् । बस, माइक्रोबसमा खलासीको काम गर्छन् ।
बिना तलब दुई छाक खानाको भरमा ती नाबालक वालवालिकाहरु खलासीको काम गर्छन् । खलासीको काम गर्दागर्दै उनीहरुले पढाइलेखाइ बिर्सिन्छन् । बिचरा नालकलाई शोषण गरेर गाडी धनी आफु धनी बन्छन् । गाडी सफा गर्नेदेखि, गाडीमा पैसा उठाउने, दिनभरि धुलो खाने काम त्यस नाबालकले गर्छ । खै सरकरले ति सडकमा वसेका बालबलिकालाई हेरेको विचरर उनीहरुलाई कति गाह्रो छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports