kumari
stcnepal

संसदमा गगन थापाको प्रश्न– बेलुकी कोरोना सर्ने तर बिहान नसर्ने कहाँको अध्ययन हो ?

काठमाडौ ।
युवा नेता तथा सांसद गगन थापाले काठमाडौं उपत्यकाभित्रका जिल्ला प्रशासन कार्यालयहरूले बेलुकी ८ बजेदेखि सवारी साधन चलाउन नपाउने नियम लगाएकोबारे प्रतिनिधि सभाको बैठकमा प्रश्न उठाएका छन् ।

आज बेलुकीदेखि काठमाडौं उपत्यकाभित्र यो नियम कार्यान्वयनमा आउँदैछ । बेलुकी संक्रमण बढ्ने तर बिहान घट्ने जाने यस्तो अध्ययन कहाँ भएको हो भनेर सांसद थापाले प्रश्न गरेका हुन् । साँझ ८ बजेपछि काठमाडौं लगायत ठाउँहरूमा संक्रमण बढ्दै जाने अनि बिहान संक्रमण घट्दै जाने यो अध्ययन कहाँ भएको हो ? स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सांसद थापाले आज बसेको संसदको बैठकमा प्रश्न गरेका थिए ।

footer