kumari
stcnepal

काठमाडौं आइपुगे अफगानिस्तान गएका १२७ नेपाली चार्टर्ड जहाजमा

काठमाडौं ।
अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका ३८५ जनामध्ये १२७ जना नेपाली स्वदेश आइपुगेका हुन् । अमेरिकी चार्टरबाट उनीहरू मंगलबार बिहान त्रिभुवन विमानस्थल झरेका हुन् ।ती मध्ये १२६ जना पुरूष र एक जना महिला रहेका छन् ।
अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी गरेको छ । उहाँहरूलाई नेपाल सरकारको प्रोटोकलअनुसार सेनाको आइसोलेसन सेन्टरमा राख्न लागेका छौं । उहाँहरूको आजै एन्टिजेन्ट परीक्षण गर्छौं र स्वास्थ्य प्रोटोकलअनुसार होम आइसोलेसनमा पठाउनुपर्नेलाई पठाइन्छ अरूलाई त्यहीँ आइसोलेसनमा राखिन्छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लव पौडेलल बताएका छन् ।

footer