kumari
stcnepal

राष्ट्र बैंकले हटायो आयातमा नगद मार्जिनको ब्यवस्था

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटाएको छ । ढुकुटीमा विदेशी विनिमय सञ्चिति संकट गहिरिएपछि आयातमा कडाइ गर्न एक वर्षदेखि आयातको प्रतिपत्र (एलसी)मा ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो । बिहीबार एकीकृत परिपत्र जारी गर्दै राष्ट्र बैंकले सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको जनाएको छ । अबदेखि वस्तु आयातका लागि व्यवसायीले कुनैपनि प्रकारको नगद मार्जिन राख्नु पर्ने छैन ।

राष्ट्र बैंकले ५ पुस २०७८ र २६ माघ २०७८ मा दुई पटक गरेर ४८ समूहका हार्मोनी कोडका बजारौं प्रकारका वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले लागु गरेको उक्त व्यवस्थाको पछिल्लो समय निजी क्षेत्रले विरोध गर्दै आएका थिए । नेपालले लिएको आयात कडाइको नीतिप्रति अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि चासो व्यक्त गरेको थियो ।

footer