kumari
stcnepal

अब बोतल र जर्किनमा पेट्रोल भरेर बेच्न नपाइने

काठमाडौं ।नेपाल प्रहरीले बोतल र जर्किन लगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ ।काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किन लगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएपछि रोक लगाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोल लगायत नराख्न भनेको छ । जर्किन लगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने प्रहरीले बताएको छ ।

मंगलबार संसद भवन अगाडी इलामका प्रेम आचार्यले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारको क्रममा आज बिहान कीर्तिपूर स्थित बर्न अस्पतालमा मृत्यु भइसकेको छ ।

footer