kumari
stcnepal

संसदमा पेश भएकोमा टीआरसी विधेयकमा एमालेले संशोधन हाल्ने

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा सरकारले पेस गरेको संत्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोभधन प्रस्ताव दर्ता गराउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी संसद्मा प्रस्तुत गरिएको विधेयकमा संशोधनको तयारी गर्न सांसदहरुलाई निर्देशन नै दिएका छन् । नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कुन कुन बुँदामा कसरी तयारी गरेर संशोधन प्रस्ताव दर्ता गराउन निर्देशन दिएका छन् ।

प्रमुख सचेतकलाई निर्देशन दिँदै ओलीले भने, ‘संसदमा टीआरसी सम्बन्धी विधेयक आएको छ । कुन कुन विषयमा संशोधन गर्ने भनेर बुँदाबुँदामै बताइन्छ । त्यसलाई कमरेडहरूले टिपेर त्यसअनुसार बहस गर्न तयारी गर्नुहोला । विभिन्न विधेयकहरू आउँदै छन् । त्यसमध्ये विधेयकमा समग्रमा होइन‚ सच्याउनुपर्ने ठाउँ धेरै हुन्छन् । त्यस्तो विधेयकलाई पूर्ण रुपमा देश, जनता, लोकतन्त्र, विकास, स्वच्छता र पारदर्शिता तथा भ्रष्टाचार नियन्त्रणको पक्षमा बनाउन चाहन्छौं । त्यसका लागि संशोधन पनि हाल्नुपर्ने हुन्छ ।’

ओलीले यदि त्यो मानिएन भने आवश्यकता अनुसार विरोधको स्तर के हुन्छ त्यो गर्ने बताए । सरकारले बेपत्ता नागरिक छानबिन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयक आइतबार संसद्मा टेबुल गरेको छ । सो विधेयक माथि संशोधन प्रस्ताव राख्न ७२ घण्टाको समय दिइएको छ । एमालेले विधेयकलाई सम्बन्धित समितिमा पठाउन माग गर्दै आएको छ ।

footer