kumari
stcnepal

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध, ३ जना एयर कन्ट्रोलर पनि कारबाहीमा

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका चालक दललाई कार्वाही गरेको छ । सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको (होल्डिङमा रहेको) एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न एयर इन्डियाका चालक दललाई उड्डयन प्राधिकरणले तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणले यस घटनामा संलग्नलाई कारबाही गर्न भारतीय नागरिक उड्डयन कार्यालय (डीजीसीए इन्डिया) लाई पत्राचार गर्ने निर्णय समेत गरेको छ । प्राधिकरणका अनुसार शुक्रबार भएको यो घटनामा त्यही दिन एयर इन्डियाको विमान काठमाडौंमा अवतरण भएपछि सोधपुछ गरिएको थियो । त्यसदिन एयर इन्डियाका पाइलट–इन–कमाण्डले गल्ती भएको जनाउँदै माफी मागेका थिए ।

उनीहरु माथि प्राधिकरणले उनलाई कारबाही गर्न नमिल्ने भएकाले भारतको नागरिक उड्डयन कार्यालय (डीजीसीए) लाई पत्र पठाउन लागिएको हो । प्राधिकरणले त्यो निकायले कारबाही फुकुवा नगरुन्जेल उनीहरुलाई नेपालमा हुने उडानमा प्रतिबन्ध लगाइएको हो । सो घटना भएको दिन उक्त जहाजलाई हेर्ने काठमाडौं टावर अन्तर्गत रहेको कन्ट्रोल टावरमा रहेका तीन जना एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई पनि ग्राउन्डेड (कारबाही) गरिएको छ ।

शुक्रबार बिहान पौने नौ बजे मलेसिया बाट आएको नेपाल वायुसेवा निगमको न्यरोबडी विमान सिमरा माथि १५ हजार फिट उचाइमा फन्को लगाइरहेका बेला त्यो विमान माथि १९ हजार फिटमा फन्को लगाइरहेको एयर इन्डियाको विमान एक्कासी १५ हजार ३ सय फिटमा झरेको थियो ।

 

footer