kumari
stcnepal

पूर्व राजदूतकी श्रीमती बैंकिङ्ग कसूरमा पक्राउ

बैंकिङ कसुरमा प्रहरीले पूर्वराजदूत निरञ्जनमानसिंह बस्नेतकी श्रीमती रेणुकुमारी बस्नेत थापालाई पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वर बाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

उनी चार वर्षअघि ७५ लाख रुपैयाँ लिएको आरोपमा पक्राउ परेकी हुन् । प्रहरीका अनुसार सस्तोमा जग्गा मिलाइदिने प्रलोभनमा भुवन घिमिरे सँग लिएको उक्त रकम भुक्तानी हुन सकेको थिएन ।

प्रहरीले भन्यो, ‘पैसा लिएपछि उनी अमेरिका गएर बसिन् । नेपाल फर्केपछि घिमिरेलाई चेक दिइन् । चेक बाउन्स भयो । सोही कसुरमा पक्राउ गरियो ।’ मलेसियाका लागि नेपालका पूर्वराजदूत श्रीमान निरञ्जनमानसिंह बस्नेत रेणुका हुन् ।

footer