kumari
stcnepal

वैवाहिक बलात्कारको आरोपमा जिल्ला न्यायाधिस पक्राउ

काठमाडौँ- कपिलवस्तु जिल्ला अदालतमा कार्यरत न्यायाधीश भुवन गिरी वैवाहिक बलात्कारको आरोपमा काठमाडौँ बाट मंगलबार पक्राउ परेका छन्। वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसी बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

न्यायाधीश गिरीकी पत्नी आरती गिरी रावलले उनी बिरुद्ध वैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी थिइन्। उनलाई थप अनुसन्धान र कारबाहीका लागि कपिलवस्तु पठाइने पनि प्रहरीले जानकारी दिएको छ। उनी बिरुद्ध केही दिनअघि वारेन्ट जारी भएको थियो।

footer