kumari
stcnepal

पशुपति मन्दिरमा भेटी चोरी छानवीन गर्न अख्तियारलाई पत्र पठाईयो

काठमाडौ । गत महाशिवरात्री मेलामा पशुपतिनाथ मन्दिरमा भेटी राख्ने घ्याम्पो हराएको छ । यस सम्बन्धमा छानबिनका लागि अख्तियार पठाउने निर्णय भएकाे पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीले जनाएका छन् । मेलामा हराएको घ्याम्पोको विषयमा छानबिन गरेर दोषी पत्ता लगाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइने मन्त्री किराँतीले बताएका छन् । पशुपतिनाथ मन्दिरमै भेटीघाटी संकलन हुने घ्याम्पो हराएको सन्दर्भमा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।

सो समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान आवश्यक पर्ने भन्दै मन्त्रालयले गृह मन्त्राल यमार्फत नेपाल प्रहरीमा पठाउने निर्णय समेत गरेको मन्त्री किराँतीले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । किरातीले लेखेका छन्, ‘यस वर्षको महाशिवरात्रीको अवसरमा सञ्चालित मेलामा सम्झौताविपरीत काम भएको र छानबिन गर्दा सोझै घोटाला भएको देखिएकोले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने र पशुपतिनाथ मन्दिर परिसर\बाट भेटिघाटी संकलन हुने घ्याम्पो हराएपछि एक छानबिन समिति बनाइएकोमा सो समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकोले गृह मन्त्रालय मार्फत नेपाल प्रहरीलाई पठाउने निर्णय भएको छ ।’

पशुपतिनाथ मन्दिरमा सीसीटीभी क्यामराको तार नै काटेर भोटीको घ्याम्पो चोरी भएको पाइएको थियो ।

footer