काठमाडौँ । देशभर थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार ४१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११ तथा एन्टीजेन विधिबाट २६ जनामा संक्रमण पुष्टि भएको हो ।
सक्रिय संक्रमित मध्ये १० जना संस्थागत आईसोलेसन, १ जना आईसीयू तथा १ जना भेन्टिलेटरमा उपचाररत छन् । महामारी सुरु भए यता देशमा १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।