kumari
stcnepal

बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेटमा २५–१० ले जीत हासिल गरेको हो । दोस्रो र तेस्रो सेट क्रमशः नेपालल २५-८ र २५-९ ले जित्यो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो । अब नेपाल काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार त्रिपुरेश्वर स्थित कभर्ड हलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा गराएसँगै सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपाल, भारत, बंगलादेश र कीर्गिस्तान रहेको समूहमा दुई खेल जितेर नेपाल सेमिफाइनल प्रवेश गरेको हो । यसअघि सोमबार नेपालले कीर्गिस्तानलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपाल सँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले सोमबार बंगलादेशलाई र मंगलबार कीर्गिस्तानलाई हराएको थियो । अब नेपाल र भारतबीचको खेलले समूह विजेता चयन हुनेछ ।

footer